नेप्से ३१ अंकले घट्दा सबै सूचक राताम्य, बीमा समूहको सर्वाधिक घट्दा ८४ करोडको मात्रै कारोबार

८ असार २०७९, बुधबार १५:२१

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । अघिल्लो दिन मंगलबार एकाएक हरियाली छाएको शेयरबजार आज ३१.२१ अंकले घट्न पुगेको छ ।

घट्दो बजारको अवस्थालाई लिएर लगानीकर्ताहरु नियमक निकायसँग रुष्ट छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल नेपाल आएसँगै लगानीकर्ताका मागहरु सम्बोधन गर्ने बताएका छन् । तरपनि पुुँजीबजारको अवस्था खस्किँदै १८ सयको विन्दुमा आइसकेको छ ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको मात्रै कारोबार भएको छ ।

पछिल्लो समय शेयरबजारमा खासै कारोबार रकम माथि उक्लिन सकेको छैन । केही महिनायता १ अर्बमाथिको कारोबार हुन शेयरबजारमा आज ८३ करोडको मात्रै कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य छन् । मंगलबार हरियाली छाएको सबै सूचक आज घटेर राताम्य हुन पुगेका छन् । सर्वाधिक बीमा समूहहरुकै घट्न पुगेको छ । शेयरबजार बढ्दा बीमा सूचक नै चम्किने र शेयरबजार घट्दा बीमा समूह नै खस्किने गरेको छ ।

आजपनि निर्जिबन बीमा समूहको १५६.२२ रुपैयाँले घट्न पुगेको छ भने जीवन बीमा समूहको १३२.२२ रुपैयाँले घट्न पुगेको छ । त्यस्तै, विकास बैंक समूहको ८९.५१ रुपैयाँ, उत्पादन तथा प्रशोधन समूहको ५३.५८ रुपैयाँ र माइक्रोफाइनान्स समूहको ४५.८७ रुपैयाँले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*