नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

८ असार २०७९, बुधबार १५:५७

काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जानकी फाइनान्सको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*