समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

९ असार २०७९, बिहीबार १०:४२

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज रहेको छ । फाइनान्सले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

कम्पनीको संस्थापक शेयरमा दलगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लिलामी मार्फत बिक्रि नभएको शेयर कम्पनीले सो समयमा बिक्री नभएको संस्थापक समुहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*