स्थानीयलाई बिक्री गरेको अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा

९ असार २०७९, बिहीबार १०:५३

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आइपीओ असार ८ गते बाँडफाँड गरेको हो ।

कम्पनीले बिक्री खुल्ला गरेको उक्त आइपीओमा सो अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकहरुलाई बाँडफाँड गरेको हो । कम्पनीले सोलु दुधकुण्ड नगरपालिका (साविकका टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्गला गाविस) का सम्पूर्ण बासिन्दाका लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटलद्धारा आइपीओ बिक्री गरिएकोमा १३ लाख ५० हजार कित्ता शेयरहरु बाँडफाँड गरिएको हो ।

शेयर बाँडफाँडसम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइ https://www.nmbcl.com.np/ मार्फत हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*