माछापुच्छ्रे क्यापिटद्धारा शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह

९ असार २०७९, बिहीबार १४:१६

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो ।

माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८÷७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो ।

साथै, तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा कनेक्ट आइपीएस, फोन पे, इ – सेवा, खल्ती, प्रभु पे, आइएमइ पेबाट नविकरण बापतको रकम भुक्तानी गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*