४६ अंकले घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे

९ असार २०७९, बिहीबार १५:१५

काठमाडौं । नेप्से ४६।१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ।

आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । । आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ९ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली, शिव्म सिमेन्ट्स, एनसीसी बैंक, अरुण काबेली पावर र नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।

त्यसैगरी आधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । शिव श्री पावर र लिवर्टी इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*