प्रभु इन्स्योरेन्सको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

१० असार २०७९, शुक्रबार १२:०८

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत ३० गते सम्पन्न साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।

गत चैत १६ गतेसम्म कारोबार भई कायम रहोका शेयरधनीहरुले प्राप्त गर्ने बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राहीह खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

साथै कम्पनीका अुनसार सो मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमशः हितग्राही खातामा नै बोनस शेयर जम्मा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*