नेपाल राष्ट्र बैंकको तीन विकास ऋणपत्र नेप्सेमा सूचीकृत

१० असार २०७९, शुक्रबार १२:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको तीन विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकले ‘२०८१ ङ’, ‘२०८१ च’ र ‘२०८३ छ’ नाम विकास ऋणपत्र आज नेप्सेमा सूचीकृत गराएको हो ।

नेपाल राष्ट्र बैंकले २ वर्षे अवधि तथा ९.१४ प्रतिशत ब्याजदर रहेको १० अर्ब रुपैयाँकोे ‘२०८१ ङ’ नामक विकास ऋणपत्र, २ वर्षे अवधि रहेको ९.१३ प्रतिशत ब्याजदर रहेको १० अर्ब रुपैयाँकै ‘२०८१ च’ नामक विकास ऋणपत्र र ४ वर्षे अवधि रहेको ९.२० प्रतिशत ब्याजदर रहेको १५ अर्ब रुपैयाँको ‘२०८३ छ’ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

सूचीकृतपश्चात उक्त ऋणपत्रहरु सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा शेयरधनीहरुले खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*