शेयरबजारमा सुधार आउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१० असार २०७९, शुक्रबार १३:०५

काठमाडौं । शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर सुधार देखिएको हो ।

नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार ७५ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज ८ करोड ६३ लाख १२ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ६ करोड ३१ लाख, लक्ष्मी बैंकको ४ करोड ७६ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ४८ लाख र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड ७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*