दोहोरो अंकले बढ्यो शेयरबजार, १२ सूचकमा हरियाली छाउदा बीमा समूह चम्कियो

१० असार २०७९, शुक्रबार १३:१४

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार ७५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से १३.७८ अंकले बढेर १८६२ को विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।

सर्वाधिक जीवन बीमा समूहको १३१.४६ रुपैयाँ र निर्जिबन बीमा समूहको १२८.९३ रुपैयाँले बढ्न पुगको छ । साथै पुँजीबजार संघर्ष समितिका तिलक कोइरालाले आजदेखि आमरण अनसन तोडेका छन् ।

शेयर लगानीकर्ताहरुले माग गरेका १९ बुँदे माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएसँगै आजदेखि तिलक कोइरालाले १० दिनपछि अनसन तोडेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*