लगानीकर्ताहरुको माग पूरा भएसँगै आज यी कम्पनीको शेयरमा देखियो सुधार

१० असार २०७९, शुक्रबार १३:१५

काठमाडौं । नेप्से १३।७८ अंकले बढ्दा न्याग्दी हाईड्रोपावरकको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज कम्पनीको शेयर मूल्य १० प्रथिशथले बढेको छ । पुँजी बजार सुधार र विकारका लागि कोइरालाले असार १ गतेदेखि सेबोन कार्यालयबाहिर अनशन थालेका थिए। दसौँ दिन उनले अनशन तोडेका छन् ।

अनशन तोड्नुअघि पुँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो। हस्ताक्षर सम्पन्न भएपछि कोइरालाले अनशन तोडेसँगै बजारमा केही सुधार देखिएको छ।

सिवाईसी लघुवित्त, एलआईसी नेपाल, रादी जलविधुत्, मनकामना स्मार्ट लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, नेपाल लाइफ, नाग्दी गुप्र पावर, इन्फिनटी लघुवित्त र वरुण हाईड्रोपावरको शेयरमा सुधार आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*