नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

११ असार २०७९, शनिबार ११:००

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त गरेको छ । बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न बैंकलाई अनुमति स्वीकृति दिएको हो ।

बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । त्यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला रहने छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा वार्षिक ९.२५५ ब्याजदर रहेको छ । बैंकले ५ वर्ष अवधिको एसबीआई बैंक डिबेन्चर २०८३’ नामक ऋणपत्र जारी गर्न लागेको छ । बिक्री प्रबन्धकको काम सानिमा क्यपिटलले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*