एक करोड कित्ता हकप्रद जारी गर्न ङादी ग्रुप पावरले तोक्यो बुक क्लोजको मिति

१२ असार २०७९, आईतवार १०:०७

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ ।

कम्पनीले हकप्रद निष्काशनका लागि असार २० गते बुकक्लोजको मिति तय गरेको हो । यसर्थ असार १९ गतेुसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ बराबर १.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतका दरले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*