नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त

१२ असार २०७९, आईतवार १०:५१

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त भएका छन् ।

कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले शाहलाई असार १० गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

गण्डकी प्रदेश, स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका, वडा नं. ७ ठूलाडी स्यायी ठेगाना भएका शाह राजनीति शास्त्रमा स्नाकोत्तर उत्तीर्ण गरी नेपाल राष्ट्र बैंकबाट ३० वर्ष सेवा गरी उपनिर्देशक पदबाट सेवा निवृत्त भइसकेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*