सर्पोट लघुवित्तले ४ संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै

१२ असार २०७९, आईतवार १३:४०

काठमाण्डौं । सपोर्ट लघुुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनीहरु अशोक कु्मार प्रधानको १३ हजार ७१५ कित्तो विभा शर्माको ५००५ कित्ता राजुराम थापाको ३ हजार १० कित्ता र प्रमेश्वर पटेलको ७२८ कित्ता शेयेर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य. ६५० रुपैैयाँ तोकेको छ । यसर्थ आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्रमा संस्थाको केन्द्रिय कार्यालय इटहरी, सुुनसरीमा निवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिमित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही व्यक्ति तथा संघसंस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*