आदर्श लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुँदै, १८ लाखको हात खाली हुने

१२ असार २०७९, आईतवार १४:३६

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ भोलि (सोमबार) बाँडफाँड हुँदैछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडका अनुसार भोलि क्यापिटलकै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ ।

लघुवित्तले असार १ गतेदेखि असार ५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो आइपीओ आवेदन सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३ दशमलव ४२ गुणा धेरै आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा वितरण गर्दा भाग्यमानी ६ हजार २ सय ६१ जना लगानीकर्ताले मात्रै सेयर हात पार्नेछन् । बाँकी १८ लाख ८ सय ६२ जना लगानीकर्ताको भने हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*