शेयर बजारमा उछाल, ९५ अंकले बढ्दा दुई अर्बमाथि कारोबार

१२ असार २०७९, आईतवार १५:०६

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । विगत लामो समयदेखि घट्दै आएको शेयर बजार आर्थिक वर्ष सकिनै लाग्दा एकाएक उछाल आएर करिब ९५ अंकले समग्र मूल्य परिसूचक बृद्धि भएको हो ।

आइतबार शेयर बजारमा समग्र मूल्य परिसूचक ९४.९२ अंकले बृद्धि भई १९५६.९८ को बिन्दुमा पुगेको छ । आइतबार दुई अर्ब १९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लामो समयपछि नेप्सेमा दुई अर्बमाथि कारोबार भएको हो ।

आइतबार कूल ६३ लाख ६३ हजार ५९० कित्ता शेयर कारोबार भएको छ । दुई सय ३० वटा कम्पनीको शेयर कारोबार हुँदा नेप्से ५.१ प्रतिशतले बृद्धि भएको छ ।
सबैभन्दा धेरै व्यापार समुह ७.७९ प्रतिशत र अन्य समुहमा ७.०७ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुको समुह ४.०९ र निर्जिवन बीमा समुह ४.८ प्रतिशतले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*