एकै दिन ४० भन्दा बढि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट, यी हुन सबैभन्दा धेरै कमाउने कम्पनीहरु

१२ असार २०७९, आईतवार १५:१४

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आज पुुँजीबजारमा सुधार आएको हो ।

आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा एकाएक सुधार देखिएसँगै आज ४० भन्दा बढी कम्पनीको शेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, गुहेश्वरी मर्चेण्ट बैंक, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एचआइडिसिएल, सप्तकोशी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोपावर लगायत ४० भन्दा बढी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*