शेयरबजारमा चम्किदा यी ५ ऋणपत्रको इकाईमूल्य घट्यो

१२ असार २०७९, आईतवार १५:२६

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा एकाएक उछाल आएको छ । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ ।

सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजार ९४ अंकले बढ्दा ५ वटा ऋणपत्र र म्युचुअल फण्डको मात्रै इकाईमूल्य घट्न पुगेको छ । आज नबिल इन्भेष्टमेन्ट बैंकको, एसीसी डिबेञ्चर, आइसिएफसी फाइनान्सको डिबेञ्चर, गुडविल फाइनान्सको डिबेञ्चर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको मात्रै इकाईमूल्य घट्न पु्गेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*