आदर्श लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

१३ असार २०७९, सोमबार ०९:४६

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा भएको हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ बाँडफाँड गोलाप्रथाद्वारा गरिएको हो । लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ। स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये  ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३ दशमलव ४२ गुणा धेरै आवेदन हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*