नबिल बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त, आजदेखि कार्यभार सम्हाल्ने

१७ असार २०७९, शुक्रबार १०:४७

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकले उनलाई आज (असार १७ गते) देखि लागू हुनेगरी नियुक्त गरेको हो ।

सो अनुसार ढुङ्गानाले आजकै मितिदेखि नबिल बैंकको सिइओ पद सम्हाल्नेछन् । यसअघि सो पदमा रहेका अनिल केशरी शाहको ४ वर्षे कार्यकाल समाप्त हुने भएसँगै कम्पनीको सिइओमा ढुङ्गानालाई नियुक्त गरिएको हो ।

ढुङ्गाना यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धकको रुपमा काम गरिसकेका छन् । नबिल बैंक र नेपाल बंगलादेश बैंक एकआपसमा मर्जर हुने भएसँगै नबिल बैंकको सिइओमा ढुङ्गाना नियुक्त भएका हुन् ।

यसअघि उनले नेपाल राष्ट्र बैंकको लघुवित्त तथा बैकिङ्ग विभागको महानिर्देशकको रुपमा समेत काम गरिसकेका छन् । करिब २५ वर्षभन्दा बढी ढुङ्गानासँग बैकिङ्ग अनुभव छ । नेपाल राष्ट्र बैंकबाट पत्र आएपछि नबिल र एनबिले एकीकृत कारोबार गर्नेछन् । मर्जपछि बन्ने बैंकको सिइओ पदको कार्यभार ढुंगानाले सम्हाल्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*