राप्ती हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, ३७ हजार कित्ता अझै बिकेन

१७ असार २०७९, शुक्रबार ११:१४

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बिहीबार बाँडफाँड सम्पन्न भएको छ ।

उक्त कम्पनीले स्थानीयका लागि ६ लाख १२ हजार ७९३ कित्ता शेयर निष्कासन गरेकामा ५ लाख ७५ हजार १७० कित्ता सेयर बाँडफाँट गरेको हो । यसआधारमा, ३७ हजार ६२३ कित्ताका लागि अझै स्थानीयको आवेदन परेको छैन ।

स्थानीयले नकिनेको उक्त शेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हुने भएको छ । राप्ती हाइड्रोले जेठ २४ गतेदेखि असार १० गतेसम्म आयोजना प्रभावित क्षेत्र अर्थात् रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दालाई आइपीओ जारी गरेको थियो ।
उक्त आइपीओमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*