समृद्धि फाइनान्सको अवतिरत हकप्रद शेयर बाँडफाँड

१७ असार २०७९, शुक्रबार ११:२२

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवतरित हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले संस्थापक समूहतर्फको ७ लाखा ७२ हजार ६६६ कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेकोमा असार १५ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले असार १ गतेदेखि असार ९ गतेसम्म संस्थापक समूहतर्फको अवतरित हकप्रद शेयर बिक्री आह्वान गरेकोमा रितपूर्वक आवेदन दिने आवेदकहरुका लागि बाँडफाँड गरिएको हो ।

साथै बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता असार १९ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा नै पठाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*