जीवन विकास लघुवित्तको ७०% बोनस शेयर नेप्सेमा सूचीकृत

१७ असार २०७९, शुक्रबार १२:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ७० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका ४२ लाख ५८ हजार ८०० कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*