दुई लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीको शेयरमूल्य बढ्यो

१७ असार २०७९, शुक्रबार १३:२०

काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहिबार एकाएक उछाल आएको शेयरबजार आज ८.८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजार झिनो अंकले घटेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज आधिखोला लघुवित्त र सिवाइसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, नेपाल फाइनान्सको ७.७० प्रतिशत, मैलुङ खोलाको ६.१७ प्रतिशत, किसान लुघवित्तको ४.८१ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ४.७५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*