सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबीच सम्झौता

१७ असार २०७९, शुक्रबार १३:५४

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पताल का तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेलज्यूू र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमज्यूूले हस्ताक्षर गर्नुभयो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*