राष्ट्र बैंकद्धारा चार वाणिज्य बैंकलाई मर्जरको लागि सैद्धान्तिक स्वीकृति

१७ असार २०७९, शुक्रबार १४:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न चार वाणिज्य बैंकलाई मर्जरको लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा मर्जमा जान तथा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु (बिओके) लाई एक आपसमा मर्जमा जानलाई सैद्धान्तिक स्वीकृति दिएको हो।

मेगा बैंक र इन्भेष्टमेन्ट बैंकले जेठ २७ गते मर्जमा जाने सम्झौता गरेका थिए । सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ । यी दुइ कम्पनीबीच १००ः९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।

त्यस्तै, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु (बिओके) ले असार दुई गते मर्जमा जाने सम्झौता गरेका थिए । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने छ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*