काठमाडौंको नेपालटारमा सानिमा बैंकको नयाँ शाखा विस्तार 

१७ असार २०७९, शुक्रबार १५:०८

काठमाण्डौं । सानिमा बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आज तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
उक्त शाखा उद्घाटन बैंकका ब्रान्ड एम्बेस्डर वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गरेका हुन् ।
समुद्घाटनको अवसरमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार श्रेष्ठ र संचालक थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना गरे ।
त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकले देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएममार्फत बैंकिङ्ग सुविधा दिदै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*