मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

१७ असार २०७९, शुक्रबार १५:१२

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्कुलरोडमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो २६ आंै शाखा उद्घाटन गरेको हो ।

मञ्जुश्री फाइनान्सकी अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेकी हुन् । २०७८ साल जेठ मसान्तसम्म १ अर्ब ३५ करोड चुक्तापुँजी तथा ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले १०.९६ अर्ब निक्षेप संकलन गरी १०.९३ अर्ब कर्जा परिचालन गरेको छ ।

यसका साथै उक्त फाइनान्सले विप्रेषण, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*