गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

१७ असार २०७९, शुक्रबार १७:३९

काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको हो ।

बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास उक्त बैंकले राखेको छ ।

हाल, यस विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*