रैराङलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै रिडी हाइड्रोपावरको विशेष सभा सम्पन्न, प्राप्तिपछि चुक्तापुँजी सवा १ अर्ब पुग्ने

१७ असार २०७९, शुक्रबार १८:०७

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आजसम्पन्न भएको छ ।

दुवै कम्पनीको छुट्टाछुट्टै बसेको विशेष साधारण सभाबाट रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

मर्जर पश्चात् संयुक्त कम्पनीको नाम रिडी पावर लिमिटेड हुनेछ । मर्जर पश्चात् बन्ने रिडी पावर लिमिटेडको मातहतमा तीन जलविद्युत आयोजनाहरु (०.५ मे.वा, रैराङखोला, २.४ रिडीखोला र ९.९ मे.बा. इवाखोला) र एक ८.५ मे.वा क्षमताको ग्रीड जडित बुटवल सौर्य विद्युत आयोजना गरी कुल २१.३ मे.वा, क्षमताका विद्युत आयोजनाहरु हुनेछन् । मर्जर पश्चात् बन्ने कम्पनीको चुक्ता पूँजी १ अर्ब १४ करोड ५५ लाख रूपैयाँ हुनेछ ।

यी दुवै हाइड्रोपावरको असार १ गते बसेको संचालक समितिको बैठकले रिडीले रैराङलाई प्राप्ति गर्ने प्रस्ताव पारितका लागि असार १७ गते साधारण सभा बस्ने निर्णय गरेको थियो ।

गत कार्तिक १७ गते दुई हाइड्रोपावरबीच एक–आपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही दिनबाट दुवै कम्पनीको दोस्रो बजारमा हुने सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीको मर्जर स्वीकृति कम्पनी रजिष्टारबाट तथा धितोपत्र बोर्डको स्वीकृति पश्चात् तत्काल सेयर बजार खुल्ला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*