यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२१ असार २०७९, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । केही दिनयता लगातार हरियाली छाएको शेयरबजार आज ४६ अंकले घट्न पुगेको छ ।

अघिल्लो दिन शेयरबजारमा झिनो अंकले घटेपनि कारोबार भने माथि उक्लिएको थियो । आज बजार घटेसँगै पुनः कारोबार समेत घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक सानिमा बैंकको प्रोमोटर शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ३० करोड २० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको ११ करोड ८२ लाख, शिवम् सिमेन्ट्सको १० करोड ६० लाख, हिमालयन डिस्टिलरीको १० करोड २१ लाख र अपर तामाकोशीको ८ करोड ५७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*