४६ अंकले घट्यो नेप्से परिसूचक, १३ उपसूचक राताम्य हुँदा करिब ३ अर्बको कारोबार

२१ असार २०७९, मंगलवार १५:१८

काठमाडौं । दुईतिन दिनयता लगातार बढेको शेयरबजार आज उच्च अंकले घट्न पुगेको छ । शेयरबजारमा एकाएक सुधार आएसँगै लगानीकर्तामा उत्साह देखिएपनि लामो समयसम्म टिक्न सकेन ।

आज पुनः नेप्से परिसूचक ४६ अंकले घटेर इन्डेक्स २०३० को विन्दुमा कायम भएको छ । परिसूचक घटेसँगै कारोबार समेत खुम्चिन पुगेको छ । अघिल्लो दिन शेयरबजार झिनो अंकले घटेपनि ४ अर्बमाथिको कारोबार भएको थियो ।

आज नेप्से परिसूचक प्रि ओपनिङ सेसनमा बढेतापनि मध्यतिर घट्दै कारोबार बन्द हुँदा सम्म उच्च अंकले नै घट्न पुगेको हो । केही शेयर लगानीकर्ताहरुले ठूला माफियाहरुले शेयरबजारमा चलखेल गरेको आरोप समेत लगाएका छन् ।

मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै नेप्सेमा रहेका सबै उपसूचक राताम्य छन् । आज सर्वाधिक रुपैयाँका आधारमा निर्जिबन बीमा सूचकको घटेको छ भने प्रतिशतका आधारमा अन्य समूहको घट्न पुगेको छ । निर्जिबन बीमा समूहको २३९ रुपैयाँले घटेको छ भने अन्य समूहको ३.८३ प्रतिशतले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*