ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले भोलिदेखि म्युचुअल फण्ड निष्काशन गर्दै, यस्तो छ कम्पनीको विस्तृत वित्तिय अवस्था

इकाईधनीहरुलाई उच्च प्रतिफल दिने कम्पनीको प्रतिफल
२१ असार २०७९, मंगलवार १६:४०

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले मिति २०७९ साल असार २२ गतेबाट इकाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।

फण्डको प्रति इकाई अंकित मुल्य रु १० दरको १२ करोड इकाई मध्ये न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १।५०५ वा १८ लाख इकाई तथा कोष प्रवर्ध्ढक कम्पनी ग्लोबल आइएमई बैंक लिमिटेडलाई १३।५०५ वा १ करोड ६२ लाख इकाई सुरक्षित राखी बाँकि न्युनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको हो।

ईकाई निष्काशन छिटोमा असार २६ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ भने माग गरे बमोजिम आवेदन नपरेमा निष्काशन श्रावण ०४ गते बैंकिङ्ग सम्यसम्म लम्बिने छ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाईमा न्युनतम १०० इकाई देखी अधिकतम १ करोड २० लाख इकाई सम्म आवेदन दिन सकिने छ।

यस इम्युचुअल फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ।

प्रति इकाई अंकित मूल्य रु।१०/ दरको १२,००,००,००० ९अक्षरेपी बाह्र करोड मात्र० इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६,००,००,००० वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५  प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई १।५० प्रतिशत वा १८,००,००० इकाई तथाकोष प्रवद्र्धक कम्पनी श्री ग्लोबल आइएमई बैंक लिमिटेडलाई १३।५० प्रतिशत वा १,६२,००,००० इकाई सुरक्षित राखी बाकि न्यूनतम् १०,२०,००,००० इकाई यस विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा निष्कासन गरिएको छ ।

योजना व्यवस्थापकको सञ्चालक समितिको संरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था :

योजना व्यवस्थापकको ५  सदस्यीय सञ्चालक समिति रहेको छ । जसमा सामूहिक लगानी कोष नियमावली, २०६७९संशोधन सहित को व्यवस्था बमोजिम रह्नेछ ।

१ तिहाई अर्थात २ जना सदस्य स्वतन्त्र सञ्चालक रहेका छन् भने कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंक लिसमुह क० बाट २ जना प्रतिनिधि तथा अन्य संस्थापक ९समुह ० बाट १ ९ जना प्रतिनिधि रहेका छन् ।

निष्कासन खुल्ला मिति :२०७९/०३/२२ गते

निष्कासन बन्द हुने मिति छिटोमा :२०७९/०३/२६ गते ९बैंकिङ्ग समय पश्चात्
निष्कासन बन्द हुने मिति ढिलोमा :२०७९/०४/०४ गते ९बैंकिङ्ग समय पश्चात्हुनेछ ।

आवेकले दरखास्त दिन पाउने न्यूनतम इकाई संख्या : १०० दरखास्त दिन पाउने अधिकतम इकाई संख्या : १,२०,००,००० दिन पाउनेछन् ।

योजना व्यवस्थापकको पूँजी संरचना ९अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी० सम्बन्धी जानकारी :

अधिकृत पूँजी : रु। ५०,००,००,०००/
जारी पूँजी : रु। ३६,५५,००,०००/
चुक्ता पूँजी : रु। ३६,५५,००,०००/

योजनाको उद्देश्य :

इकाई बिक्रीबाट सङ्कलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी इकाईधनीहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुयाउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गरिएको क्यापिटले जनाएको छ।

क्यापिटलको वित्तिय अवस्था : 

ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धकको संक्षिप्त इतिहासः

ग्लोबल आइएमई बैंक लिमिटेड प्रचलित कम्पनी कानुन बमोजिम मिति २०६३र०२र५ मा नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०६३र०९र१६ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्ने ईजाजतपत्र प्राप्त गरी बंैकले मिति २०६३र०९र१८ गतेदेखि आनो वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।

यस बैंकमा संस्थापक शेयरधनीहरुको ५१५ र सर्वसाधारण शेयरधनीहरुको ४९५ शेयर स्वामित्व रहेको छ । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ बमोजिम नेपालको लागि स्वीकृति प्राप्त क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडबाट ग्लोबल आइएमई बैंक लिमिटेडको “[ICRANP-IR] A” रेटिङ्ग प्राप्त गरेको छ ।

योजना व्यवस्थापक सम्बन्धी विवरण :

१। योजना व्यवस्थापकको नाम :ग्लोबल आइएमई क्यापिटल

२। योजना व्यवस्थापक स्थापित भएको ऐन/नियम सम्बन्धी विवरण : योजना व्यवस्थापक कम्पनीः ग्लोबल आइएमई क्यापीटल लिमिटेड कम्पनी ऐन, २०६३ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत धितोपत्र व्यवसायी मर्चेन्ट बैंकरको रुपमा स्थापना भएको हो ।

३। योजना व्यवस्थापकको रजिष्टर्ड ठेगाना :काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नंः ०१, नक्साल, काठमाण्डौ ।

४। योजना ब्यवस्थापकको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त इतिहास :ग्लोबल आइएमई क्यापीटल लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०६५/०२/१४ मा नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो ।

कम्पनीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत धितोपत्र व्यवसायी मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डवाट मिति २०६५/०५/२२ मा अनुमतिपत्र प्राप्त गरी सोही मितिदेखि मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले आफ्नो स्थापना वर्षदेखि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा विभिन्न संघ संस्थाहरुको धितोपत्रको सार्वजनिक निष्काशन कार्य गर्दै आएको छ ।

साथै, कम्पनीले आफूले प्रदान गर्ने सेवालाई विविधीकरण गर्दै शेयर रजिष्ट्रार सम्बन्धी सेवा सञ्चालन गरेको छ भने मिति २०७२/०२/३२ मा लगानी व्यवस्थापन सेवा तथा शेयर प्रत्याभूति सेवा सञ्चालनको अनुमति प्राप्त गरी उक्त सेवा समेत सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी, यस कम्पनीले मिति २०७०/०१/०९ मा नेपाल धितोपत्र बोर्डबाट निक्षेप सदस्यता प्राप्त गरी निक्षेप सदस्यताको सेवा दिंदै आइरहेको छ भने मिति २०७२/०४/१९ मा नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने अनुमति समेत प्राप्त गरेको छ ।

प्रबन्धपत्रमा उल्लेख भए बमोजिम योजना व्यवस्थापकका प्रमुख उद्देश्यहरु  : 

संगठित संस्थाको धितोपत्र निष्कासनका लागि विवरण पत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी आवश्यक सबै कार्यहरु गर्ने ।

संगठित संस्थाको तर्फबाट इकाईधनीहरुको अभिलेख राख्ने तथा धितोपत्र धनीहरुको नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी अन्य सेवा प्रदान गर्ने ।

लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

लगानी सम्बन्धी परामर्श सेवा प्रदान गर्ने ।

संगठित संस्थासँग सम्झौता गरी संगठित संस्थाले निष्कासन गरेको धितोपत्रहरु बिक्री नभएको अवस्थामा आफुले खरीद गर्न प्रत्याभुति अण्डरराइटिङ्ग दिने कार्य गर्ने ।

ग्राहकसँग सम्झौता गरी ग्राहकका लागि लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

सामुहिक लगानी कोष व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

धितोपत्र दर्ता वा धितोपत्रको केन्द्रिय निक्षेप सेवा वा डिपोजिटरी सेवा सम्बन्धी कार्य गर्ने ।

धितोपत्र कारोवारको हिसाब राफसाफ गर्ने सम्बन्धी कार्य गर्ने ।

धितोपत्र बजार निर्माताको काम गर्ने ।

वित्तीय, व्यवस्थापन, पूँजी पुनर्संरचना, मर्जर, एक्विजिसन, टेकओभर आदि वा सो सम्बन्धी परामर्श सेवा प्रदान गर्ने ।

योजना सम्बन्धमा कोष सुपरिवेक्षकको भूमिका :

प्रचलित कानुनको अधीनमा रही योजना सञ्चालन गर्न योजनाको विवरण पुस्तिकाको अध्ययन गरी सहमतिका लागि पठाउन अनुमोदन गर्ने, योजना व्यवस्थापकले प्रचलित कानुन तथा सम्झौता बमोजिम कोषको व्यवस्थापन गरेको छ भन्ने कुरा सुनिश्चित गर्ने, सहभागीको हित संरक्षण गर्ने, योजना व्यवस्थापक तथा डिपोजिटरीको काम कारवाहीको सुपरिवेक्षण गर्ने, योजनाको खुद सम्पत्ती मूल्यको जाँच गर्ने, योजना अन्तर्गतका सम्पत्ति तथा कागजातहरु सुरक्षित साथ राखिए नराखिएको सुपरिवेक्षण गर्ने, बोर्डवाट स्वीकृत योजना बमोजिम योजना सञ्चालन भए नभएको सुपरिवेक्षण गर्ने, योजना व्यवस्थापकले राखेको अभिलेख दुरुस्त रहे नरहेको सुपरिवेक्षण गर्ने, योजना सम्बन्धमा प्राप्त गुनासाहरु समाधान भए नभएको सुपरिवेक्षण गर्ने, योजना व्यवस्थापन सम्बन्धी प्रतिवेदन तयार गरी समय समयमा बोर्डमा पेश गर्ने, योजना व्यवस्थापकसँग योजना व्यवस्थापकले गरेको काम कारवाहीबारे कुनै विवरण वा जानकारी माग गर्न सक्ने, माग गरिएको विवरण वा जानकारीबाट वा अन्य कुनै श्रोतबाट योजना व्यवस्थापकको काम कारवाहीमा अनियमितता देखिएमा वा काम कारवाही सन्तोषजनक नदेखिएमा त्यस्तो काम कारवाही रोक्न वा सन्तोषजनक रुपमा सम्पादन गर्न योजना व्यवस्थापकलाई निर्देशन दिन सक्ने, दिइएका निर्देशन योजना व्यवस्थापकले पालना नगरेमा सोको जानकारी बोर्डलाई दिने, योजना व्यवस्थापकले ऐन वा नियमावलीको उल्लङ्घन गरेमा वा आफ्नो निर्देशन बारम्बार उल्लङ्घन गरेमा योजना व्यवस्थापक परिवर्तन गर्ने आदेश जारी गर्न बोर्डलाई अनुरोध गर्न सक्ने लगायतको भूमिका कोष सुपरिवेक्षकबाट निर्वाह हुनेछ ।

 योजनाको मुनाफा वितरणको लक्ष्य :

योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अङ्कित मूल्यको आधारमा मुनाफा वितरण गरिनेछ । खुद मुनाफा मध्ये आवश्यकतानुसार सञ्चित मुनाफा पुनः लगानी गरिनेछ ।

लगानी तथा लाभांशका सम्बन्धमा लागू हुने कर सम्बन्धी व्यवस्था :
प्रचलित कानुनले निर्धारण गरे बमोजिम हुनेछ ।

इकाईको बाँडफाँट, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी व्यवस्था :

योजनाको सम्पूर्ण ईकाई बिक्रीका लागि निवेदन प्राप्त भएमा बिक्री खुला राख्नुपर्ने न्यूनतम अवधि व्यतित भएपछि योजना व्यवस्थापक÷निष्काशन तथा बिक्री प्रबन्धकले जुनसुकै समयमा सूचना प्रकाशन गरी इकाई बिक्री बन्द गर्न सक्नेछ ।

बिक्री खुल्ला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तिमा ५०  प्रतिशत इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गरिनेछ ।

यस विवरण पुस्तिका अनुसार इकाई बिक्री खुल्ला अवधिसम्म पनि आह्वान गरेको न्यूनतम ५० ९पचास० प्रतिशत इकाई खरीद गर्नको लागि आवेदन प्राप्त नभएमा योजना खारेज गरी १५  दिनभित्र निवेदकहरुको रकम फिर्ता गरिनेछ ।

इकाई बाँडफाँट गर्दा यस विवरण पुस्तिकामा उल्लेखित अधिकतम सीमासम्मको मात्र इकाई बाँडफाँट गरिनेछ । तर यस विवरण पुस्तिका मार्फत निष्काशन गरिएको भन्दा बढी सङ्ख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई सङ्ख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँट गरिनेछ ।

इकाईको बाँडफाँट सम्बन्धी अन्य व्यवस्था प्रचलित धितोपत्र बाँडफाँट सम्बन्धी निर्देशिका बमोजिम हुनेछ ।

योजनाका इकाइहरु नेपाल स्टक एक्सचेन्ज लि।मा सूचीकरण तथा सिडिएस एण्ड क्लियरिङ्ग लि।मा दर्ता गरी दोस्रो बजारमा कारोबारको व्यवस्था मिलाइनेछ ।

आवेदन दिदाँ ध्यान दिनुपर्ने कुराहरु :

कुनै पनि नेपाली नागरिक, गैर आवासीय नेपाली तथा नेपाली संघ संस्थाले यस विवरण पुस्तिका अनुसार जारी गरिने इकाई खरिद गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सीआस्वासदस्य बैंक तथा वित्तीय संस्थाहरु वा तीनका कुनै पनि शाखा कार्यालयबाट दरखास्त दिन सक्नेछन् ।

दरखास्तवालाले इकाई खरिदका लागि दरखास्त दिँदा “धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४” को दफा २४ मा उल्लेख भए बमोजिम देहायका विवरणहरु स्पष्ट रुपमा दरखास्त फाराममा खुलाई आस्वा सदस्यहरुले तोकेको ढाँचामा दरखास्त आवेदन दिनु पर्नेछ ।

आवेदन फाराममा आवेदकको नाम थर नेपाली/अंग्रेजीमा उल्लेख गर्नुपर्ने ।

आवेदन दिंदा शेयर जारी गर्ने कम्पनीको नाम, आवेदन गरिएको संख्या, रकम स्पष्ट बुझिने गरी उल्लेख गर्नुपर्ने ।

आफ्नो बैंक खाता र हितग्राही खाता नम्बर सहि÷स्पष्ट उल्लेख गरिनुपर्ने ।

आवेदकले आफु स्वयंको हितग्राही खाता नम्बर उल्लेख गर्नुपर्ने ।

आवेदन गरेको निस्सा/प्रमाण, सम्बन्धीत संकलन केन्द्र आस्वा सदस्य बैंकसँग अनिवार्य लिनुपर्ने ।

बैंक खाता रोक्का भए/नभएको यकिन गर्नुपर्ने ।

एक व्यक्ति वा संस्थाले आफूले खरिद गर्न चाहेको इकाईको लागि एक भन्दा बढी दरखास्त दिने पाइने छैन ।यदि एक व्यक्ति वा संस्थाको नाममा एक भन्दा बढी आवेदन प्राप्त हुन आएमा सम्पूर्ण दरखास्तलाई रद्द गरिनेछ ।

रितपूर्वक प्राप्त नभएको दरखास्त फारमलाई इकाईको बाँडफाँटमा समावेश गरिने छैन र सो को जिम्मेवार दरखास्तवाला स्वयं हुनेछ ।

इकाई खरिदको लागि दरखास्त दिंदाको अवस्थामा वा दरखास्त दिईसकेपछि खरीद गरेको धितोपत्र वापतको रकम भुक्तानी नहुँदै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायबाट लगानीकर्ताको खाता रोक्का राख्ने आदेश प्राप्त भएमा निष्काश तथा विक्री प्रबन्धकले त्यस्तो दरखास्त फारमलाई आदेश बमोजिम गर्नेछ।

योजनाको इकाई खरिदका लागि आवेदन दिँदा आवेदन फाराममा आफुले लिन चाहेको इकाई संख्या तथा रकम स्पष्टरुपमा भरी बुझाउनु पर्दछ । योजनाका इकाईहरु खरीद गर्दा न्यूनतम १०० इकाई तथा सो भन्दा माथि १० को गुणांकमा अधिकतम १ करोड २० लाख ईकाइसम्म खरिद गर्न सकिनेछ । आवेदन फारामसाथ आवेदन बापतको शत् प्रतिशत रकम भुक्तानी गर्नुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डबाट सहभागी बैंकको अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था मध्ये आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट सीआस्वा ९ऋब्क्द्यब्० प्रणाली अन्र्तगत मात्र आवेदन गर्न सकिनेछ । सहभागी बैंक तथा वित्तीय संस्थाहरुले रु।५,००,०००। वा सो भन्दा बढी दरखास्त दिने आवेदकको प्यान नं। रहेको तथा आवेदन बापत जम्मा गरेको रकम सम्पत्ति शुद्धिकरण ऐनको बर्खिलाप हुने गरि आर्जन नगरेको भनि उद्घोषण गरेको यकिन गर्नुपर्नेछ ।

आवेदकले विवरण पुस्तिका राम्रो अध्ययन गरेर मात्र आवदेन दिनु उपयुक्त हुन्छ ।आवेदकहरुले आवेदन दिंदा सिआस्वा सदस्य बैंकहरुमा रहेको आवेदन वापतको रकम रोक्का राखिने खाता अन्य कुनै प्रकारले रोक्का रहेको वा निष्क्रिय रहेको हुनुहुदैन ।

इकाई बाँडफाँट गर्नुपूर्व अख्तियार प्राप्त निकायबाट कुनै लगानीकर्ताको खाता रोक्का राख्न आदेश वा निर्देशन प्राप्त भएमा सम्बन्ध्ति बैंक वा वित्तीय संस्थाले त्यस्तो आदेश वा निर्देशन अनुसार सम्बन्ध्ति लगानीकर्ताको खाता रोक्का गरी त्यसको जानकारी तुरुन्त निष्काशन तथा विक्री प्रबन्धकलाई दिनुपर्नेछ ।

इकाईधनीहरुका लागि प्रवन्धपत्र तथा नियमावली प्राप्त गर्न वा हेर्न चाहेमा निष्काशन तथा विक्री प्रबन्धकको कार्यालय वडा नं। १, लक्ष्मण बाबु भवन, नक्साल, काठमाण्डौमा सम्पर्क राख्न सक्नेछ ।

इकाईको बाँडफाँट गरी सूचिकरण भए पश्चात बाँडफाँटमा परेका आवेदकहरुलाई बाँडफाँटमा परेको इकाई निजहरुको हितग्राही खातामा जम्मा गर्ने ब्यवस्था गरिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*