सिभिल लघुवित्तद्धारा विधालयलाई शैक्षिक सामाग्री वितरण

२१ असार २०७९, मंगलवार १६:४७

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी पर्साले शैक्षिक सामाग्री वितरण गरेको । लघुवित्तले श्री नेपाल राष्ट्रिय प्राथमिक विधालय पटेर्वा सुगौली गाउँपालिकाको रामपुर टोलमा शैक्षिक सामाग्री सहयोग गरेको हो ।

संस्थाको १० औँ बार्षिक उत्सवको अवसरमा मंगलबार एक कार्यक्रमका बीच विधालयका ११५ जना विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । संस्थाले दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सामाजिक उतरदायित्व अन्तर्गत विद्यालयका कक्षा १ देखी कक्षा ५ सम्म अध्ययनरत ११५ जना दलित, विपन्न तथा गरिब विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका शाखा प्रमुख श्यामबाबु प्रसाद यादवले जानकारी दिए ।

विधालयका प्रधानाध्यापक भागवत साहको प्रमुख आतिथ्यतामा, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड निजगढ अनुगमन कार्यालयका अनुगमन अधिकृत बालहरि सुवेदीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । प्रति विधार्थी ६ वटा कापी, ६ वटा सिसाकलम र १र१ वटा कटर, इरेजर वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक अ‍ेसाहले वित्तीय संस्थाले बार्षिक उत्सवमा दलित,विपन्न तथा गरिव समुदायका बालबालिका अध्ययनरत विद्यार्थीहरुलाई गरिएको शैक्षिक सहयोगले उनीहरुको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्ने बताए ।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर विकासमा सबै निकायको सहयोग र सहकार्य आवश्यक हुने उनको भनाई थियो । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा संस्थाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*