नेपाल एसबिआई बैंकले भोलिदेखि ऋणपत्र जारी गर्दै, कति दिदैछ ब्याजदर?

२१ असार २०७९, मंगलवार १८:५०

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भोलि देखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ।

उक्त कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

सोमध्ये ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिने छ भने बाँकी ६० प्रतिशत १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने कम्पनीले जानकारी दिएको छ । सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।

सो ऋणपत्र खरीदका लागि असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको देखाउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*