हिमालयन र सिभिल बैंकबीचको मर्जर सम्झौता शुक्रबार हुने

२२ असार २०७९, बुधबार १५:०६

काठमाडौं । अनेक आशंका र भाडिने, भाड्ने प्रयत्नहरुलाई चिर्दै हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने अन्तिम तयारी भएको छ। कुनै अर्को निर्णय नभएको हुँदा आगामी शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो ।

हिमालयन र सिभिल बैंकबीच मर्ज हुने भएको छ । दुबै बैंकको मर्जर कमिटीबीच १००ः८१ को स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको हो । मर्जर सम्बन्धी समझदारी पत्र एमओयुमा आज हस्ताक्षर हुँदैछ ।
हिमालयन बैंकले करिब ४ महिनादेखि सिभिलसंग मर्जरको नेगोशिएसन गरिरहेको थियो । नेपाल इन्भेस्टमेन्ट बैंकसग डिमर्जर गरेपछि सिभिलसग नेगोशिएसन शुरु गरेको हो । करिब २ बर्ष अघि हिमालयनले इन्भेस्टमेन्ट भन्दा पहिले सिभिल बैंकसग मर्जरको छलफल गरेको थियो ।

उक्त समयमा सिभिलले ६५ प्रतिशत स्वाप रेसियो डिमाण्ड गरेपछि हिमालयनले मर्जरको नेगोशिएसन तोडेको थियो । तर, मर्जरको प्रक्रिया रद्द गर्दा राष्ट्र बैंकको कार्वाहीमा परेको हिमालयनसग डिमाण्ड उच्च बनाउँदै सिभिलले ९० प्रतिशत स्वाप रेसियो माग्दै नेगोशिएसन गरिएको थियो । हिमालयनले ७५ प्रतिशत प्रस्ताव गर्दा पनि सिभिलले कम्तीमा ८५ प्रतिशत भन्दै अडान लिए पछि ८१ प्रतिशतमा कुरा मिलेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*