उतारचढावकाबीच दोहोरो अंकले बढ्यो नेप्से, जीवन बीमा सूचक चम्किदा २ अर्बमाथिको कारोबार

२२ असार २०७९, बुधबार १५:१९

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार सामान्य अंकले बढेको छ । केही दिनयता पुँजीबजार घटबढ अवस्थामा रहेको छ ।

दुईतिन दिनयता शेयरमार्केट बढ्न पुग्दा लगानीकर्ताहरुमा उत्साह थपिएसँगै सोमबार ४ अर्बमाथिको कारोबार भएको थियो । आज नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १७ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये म्युचुअल फण्ड, निर्जिबन बीमा समूह र बैकिङ्ग समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।

आज बैकिङ्ग सूचक, ०.०५ प्रतिशत, निर्जिबन बीमा सूचक ०.४२ र म्युचुअल फण्ड सूचक ०.५६ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, सर्वाधिक बढ्नेमा जीवन बीमा सूचक रहेको छ । निर्जिबन बीमा कम्पनीहरको घट्दा जीवन बीमा समूहको आज २६६.३२ रुपैयाँ अर्थात् २.६८ प्रतिशतले बढ्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*