आँधीखोला र सिवाईसी नेपाल लघुवित्तबीच मर्जरमा जाने तयारी

२२ असार २०७९, बुधबार १७:५९

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु भटाभट एकआपसमा मर्ज हुन थालेसँगै आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जरमा जाने भएका छन् । यी दुई लघुवित्तबीच मर्जरमा जाने तयारीमा जुटेका हुन् ।

आँधीखोला र सिवाइसी नेपाल लघुवित्त १००ः७० को स्वाप अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएका छ । जसअनुसार आँधीखोला लघुवित्तका शेयरधनीहरुले १०० कित्ता शेयर बापत मर्जरपछि बन्ने नयाँ कम्पनीको ७० कित्ता शेयर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यो नै अन्तिम स्वाप रेसियो भने होइन । डिडिएपछि मात्रै फाइनल स्वाप रेसियो तय हुने कम्पनीले जनाएको छ ।

आँधीखोला लघुवित्तको केन्द्रीय कार्यालय स्यांजाको बयरघारीमा रहेका छ भने सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ ।

आँधीखोलाको हाल कायम चुक्तापुँजी ११ करोड ९० लाख रुपैयाँ र सिवाइसीको १२ करोड १६ लाख रुपैयाँ रहेको छ । यदि दुई लघुवित्तबीच मर्जर सम्पन्न भएमा बन्ने कम्पनीको चुक्तापुँजी २४ करोड १५ लाख रुपैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*