एनसीसी बैंकको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा

१५ श्रावण २०७९, आईतवार १०:३९

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक समूहको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी अथवा कम्पनीको नाममा रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायन अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले साउन २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा आवेदन पेश गर्नुपर्नेछ । संस्थापक शेयरको मूल्य न्युनतम प्रतिशेयर रू। १३१ रहेको छ ।

बोलपत्र पेस गर्दा न्युनतम १००० कित्ता र अधिकतम २६ लाख ३१ हजार १३६ कित्ताका लागि आवेदन दिन सकिने छ। यस लिलामी प्रक्रियाको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*