सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुुट

२८ श्रावण २०७९, शनिबार १४:१५

काठमाण्डौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्मको छुट दिनेभएको छ । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका हुुन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबल कारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ र इन्टरनेट बैैंकिङ प्रयोग गरी केबल कारको टिकट खरिदबापत १० प्रतिशत सम्मको छुट प्राप्त गर्नसक्ने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*