कामना सेवा विकास बैंकको १९ हजार बढी शेयर कित्ता बिक्रीमा
१७ श्रावण २०७९, मंगलवार १०:४६

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बढाएको हो ।
बैंकका शेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको १९ हजार ३ सय ३६ कित्ता शेयर बिक्री गर्ने भएका छन् । सुचना प्रकाशित मितिले १५ दिन भित्र आवश्यक कागजात सहित १५ दिन भित्र संस्थाको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सक्ने जनाएको छ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।