ङादी ग्रुप पावरको हकप्रद शेयर निष्काशन, क–कसले दिन पाउछ आवेदन ?
१८ श्रावण २०७९, बुधबार ०७:२१

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज (साउन १८ गते) देखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले १ः१.५ अनुपातमा असार १९ गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद जारी गर्नेछ ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ ७ गतेसम्म आवेदन दिन पाउनेछन् ।