लघुवित्त कर्जामा २% भन्दा बढी प्रिमियम जोड्न नपाइने राष्ट्र बैंकको निर्देशन
१८ श्रावण २०७९, बुधबार १५:४२

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले बैंकबाट ऋण लिदा ब्याजदरमा सहजता हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरी लघुवित्तहरुलाई कर्जा लिदा राहत मिल्ने भएको हो ।
उक्त ब्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले लघुवित्त संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत विन्दुसम्म मात्रै प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने भएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तहरुलाई थोक कर्जा प्रवाह गर्दा मनलाग्दी ब्याजदर निर्धारण गर्ने गरेको थियो ।