नबिल बैंकले सम्पन्न गर्यो कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम

१९ श्रावण २०७९, बिहीबार १२:१४

काठमाडौं । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीको उत्साहपूर्ण सहभागिता थियो।

दिगो बैंकिङलाई प्रवर्द्धन गर्न गरिएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए। उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसाय प्रवर्द्धन गर्न थप हौसला दिएको बताए।

उक्त कार्यक्रममा स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र क्यूआर कोडले व्यवसायमा पुर्याउने योगदानका विषयमा प्रस्ट पारे।

बैंकले सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ। दिगो बैंकिङअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*