यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१९ श्रावण २०७९, बिहीबार १५:०७

काठमाडौैं । बिहिबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो साता क्रमिक सुधार देखिएको शेयबरजारमा यस साता घट्न पुगेको हो ।

उतारचढावकाबीच आज नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८ विन्द्ुमा कायम भएको छ । शेयरबजार घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनमा घटेर ३ अर्ब ७६ करोडमाथिको कारोबारमा सीमित हुन पुगेको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको १३ करोड १७ लाख, अपि पावरको १२ करोड ७९ लाख, युनिभर्सल पावरको ७ करोड ८० लाख र गोर्खाज फाइनान्सकको ७ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*