शुक्रबारको शेयर कारोबार बन्द गर्ने तयारी गरिरहेका छौ: निरञ्जन फुयाँल

१९ श्रावण २०७९, बिहीबार १८:१४

कामाडौं । नेप्सेका कामु निर्देशक निरञ्जन फुयाँलले शुक्रबारको सेयर कारोबार बन्द गर्ने तयारी भईरहेको बताएका छन् ।नाफिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । यसअघि साताको ५ दिन अर्थात् बिहिबारसम्म मात्रै कारोबार हुने व्यवस्था थियो । सार्वजनिक बिदा दुई दिन दिने निर्देशनको कारण शुक्रबार थप गरिएको थियो ।

यसअघि सेयर कारोबार हप्तामा ५ दिनमात्रै कारोबार हुन्थ्यो। शुक्रबार कारोबार हुँदैन थियो।तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरेर शुक्रबार सञ्चालन भएको छ। उनले नेप्सेसँगै सीडीएससी, सेबोनलगायतका संरचना परिवर्तन गर्न आवश्यक रहेको बताए। ‘सर्ट सेलिङ, इन्ट्राडे कारोबार व्यवस्था, अक्सन मार्केट, बुक बिल्डिङ विधि आवश्यक छ’, उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*