गरिमा विकास बैंकको १६ प्रतिशत बोनस हितग्राही खातामा जम्मा

२० श्रावण २०७९, शुक्रबार १२:१२

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

बैंकले गत बर्ष चैत्र ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको छ । सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने भएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफनो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले साविकको सहारा विकास बैंकलाई प्राप्ती गरी एकिकृत कारोबार भएको मिति २०७८ कार्तिक २८ गतेपछि सेयर खरिद गरेका लगानीकर्ताहरुले भने बोनस सेयरमा लाग्ने कर रकम दाखिला गरे पछि मात्र बोनस प्राप्त गर्ने बैंकले जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*