ज्योति विकास बैंकको खुद नाफा ७० करोडमाथि, लाभांश क्षमता कति ?

२१ श्रावण २०७९, शनिबार १५:१४

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ ।

गत आवको चौथो त्रैमाससम्ममा बैंकले ७० करोड १५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन यो नाफा अघिल्लो आवको तुलनामा ५.६६ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकले नाफा ६६ करोड ३८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढ्न पुगेको छ । यसकारण पनि बैंकको नाफा बृद्धि हुन टेवा पुगेको हो । समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २३.२२ प्रतिशतले बृद्धि भई १ अर्ब ९५ करोड २ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संचालन मुनाफा ५.२१ प्रतिशतले बढेर १ अर्ब २० करोड ४३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिसम्म बैंकको योग्य नाफा मुनाफा भने ३५ करोड ३० लाख १४ हजार रुपैयाँ रहेको छ । यसर्थ बैंकले यस्तो नाफाको आधारमा ८.२७ प्रतिशत मात्रै लाभांश क्षमता राख्दछ ।
असार मसान्तसम्म बैंकको प्रति सेयर आम्दानी १६.४४ रुपैयाँ छ भने पीई रेसियो १८.३९ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ भने १३२.७३ रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्तापूँजी ४ अर्ब २६ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ४ करोड रुपैयाँ संचित रहेको छ । त्यस्तै, समिक्षा अवधिसम्म बैंकको निक्षेप संकलन ५३ अर्ब रुपैयाँ, कर्जा लगानी ४८ अर्ब रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*