सिभिल बैंकले वार्षिक ११% ब्याज भएको ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

२२ श्रावण २०७९, आईतवार १५:५४

काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याज पाइने ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन पेश गरेको छ ।

बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका कुल ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डसँगै स्वीकृत मागेको हो ।

बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८४’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । बैंकले सर्वसाधारण र संस्थापकलाई उक्त ऋणपत्र निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*